हिड्नु स्वाथ्यको लागि फाइदाजनक हो भन्ने थाहा त निकै पहिला पाए पनि यसको सुरुवात भर्खर गरेको अवस्था छ । बिहानी सैरमा निस्किदा अनेक किसिमका महानुभावहरूसंग मेरो सम्पर्क पनि व्यापक बढेको छ । युवा वर्ग बाहेक लगभग सबै केही न केही रोगबाट पिडित भएको कुरा मेरो हिड्ने काम भित्रको अर्को काम गफको दौरानमा मानिसको यो पिरोलोको बारेमा थाहापाउने भएको छ । रोग पनि कति हुन कसैलाई चिनी रोग, कसैलाई उच्च रक्तचाप, कसैलाई किड्नीको समस्या यस्ता धेरै थरिका रोग बेसाएका मानिसहरुसंग भेट्दा अनि रोगका लक्षणहरुका साथै उपचार विधिको बारेमा सुन्दासुन्दा आफै आधा डाक्टर भए कि भन्ने पनि भई सक्यो । एउटासंग थाहा पाएको लक्षण पहिला त आफ्नो शरीरसंग जुधाएर हेर्यो अनि हो कि, हो कि भएमा चिने जानेको डाक्टर साहेबहरुसंग परामर्श गर्यो । छैन र होइन रहेछ भने आफ्ना हिड्ने साथीलाई रोगको रोगथाम र निदान कसरी गर्न सकिन्छ भन्नेबारे आफु जान्ने भएर भाषण छाट्यो । जान्ने आफु पनि खासै होइन भन्ने थाहा हुँदाहुँदै पनि बातमा गफ त दिनै पर्यो । कति साथीले जान्ने हुन्छ भन्दा हुन भने कोही सिधासाधा साथी परे भने मैले भने अनुरुप गर्दा पनि हुन । जे होस आजकल कि राजनीति, कि धर्म या रोगको बारेमा अल्ली केही जानकारी राख्ने मान्छे चिया पार्टी वा कुनै भोज वा जमघटमा जान्नेसुन्ने नै भए जस्तो देखिन्छन् । राजनीतिको बारेमा चर्चा नहुने सायद नेपालमा कुनै गाउँ ठाउँ नै छैन होला । त्यसैले राजनीतिबारे दखल राख्नेहरु चंखे नै भई हाले, भनेको मतलब यिनीहरु अरुलाई मान्छे नै ठान्दैनन् । आफै बोल्छन बोलि नै राख्छन् चाहे कसैले सुनोस या नसुनोस । तर साँच्चीकै नेपाली जन यदि यिनका कुरा नसुन्ने नै हुन्थे भने देशको यस्तो दरिद्र हविगत हुने कुरै थिएन । यथार्थमा ठुलो जनलाई आकर्षण गर्ने क्षमता यिनमा भएको हुँदा केही मौकाखोरहरुलाई आफ्नो पक्ष्यमा ल्याउन सफल भई नै हाल्ने गर्दछन् । धर्मको पक्ष्य पनि भारी नै छ किनकी धर्मबाटै हाम्रो संस्कार निर्माण भएको हुन्छ । जब संस्कार नै यसैबाट संचालित छ र जो व्यक्ति विशेषसंग यसको गतिलो अत राम्रो ज्ञान छ, उसको प्रतिष्ठा कस्तो होला ? यसै पनि धर्मको राम्रो ज्ञान भएका मानिसको बोलिमा मह नै हुन्छ, यसैकारण हामी मोहित भई सबै कुरा सुन्ने हुँदा उनीहरुको पनि चुरीफुरी बढ्ने नै भयो । हो यस्तै किसिम किसिमका ज्ञान आर्जन गरेकाको चुरीफुरी बढेजस्तै आजकल म मा पनि यो चुरीफुरी रोगको लत लागेको छ । याने डाक्टर नभए पनि डाक्टरी छाँटेर । चिनी रोग भएकालाई चिनी कम खानोस्, उच्च रक्तचाप भएकालाई नुन कम खानोस् । किड्नी समस्या भएकालाई प्रोटिन ख्याल गर्नोस ईत्यादि ईत्यादि । मेरा अर्ध डाक्टरीको भरोशा गर्ने त सायदै कोही होलान्, तर मलाई जान्ने हुने मौकाचाहिँ खुब आएको हुन्छ । अरु, अरुमा खुसी होलान, तर म जान्ने भएकोमा मेरा वरिपरीका इष्टमित्रले जलन गरेको देख्दा मेरो मन प्रसन्न हुने गर्छ । जलन के भन्ने, अस्ति मैले घाटी दुख्नेलाई आइसक्रिम खाए ठिक हुन्छ भनेर भनेको, मेरो मामाको छोराले घाटी दुखेर ज्वरो आइएको बेलामा दाजीले आइसक्रिम खायो भने घाटी ठिक हुन्छ भन्नु भएको छ भनी मगाएर खाईदिएछ, फूच्चेलाई कडा निमोनिया भएर धन्यै नसुइकिएको । त्यसै त डर लाग्दि अग्ली अनि मोटी माइजु, धन्यै म लुरे पन्डितलाई बनवास गराईनन् । गाली खाने डरले मामा माइजु कहाँ नगएको छ महिना भन्दा बढी भईसक्यो । भाई त मलाई देखेमा उता मुख फर्काएर हिड्ने गर्छ । आफु कत्ति न के के भए भन्ठानेको त उही पुरानै जोगी नै रहेछु ।
Feel Free to share.
Feel Free to share.
No comments:
Post a Comment